छहरे–टोखामा अवरोध कायमै

0
SHARES
56
VIEWS
छहरे–टोखा

नुवाकोट, ३० असार ।

पहिरोका कारण रोकिएको एम्बुलेन्स ।

विभिन्न ठाउँमा खसेको पहिरोले छहरे–टोखा सडकमा भएको अवरोध पूर्ण रुपमा हटेको छैन । शनिवार रातीको वर्षासँगै सडकखण्डको विभिन्न स्थानमा पहिरो खसेको हो ।
विहानैदेखि पहिरो पन्छाउने क्रम जारी रहेपनि सडक पूर्ण रुपमा सुचारु भने हुन नसकेको हो । यतिबेला सडकमा दर्जनौं सवारीसाधन पहिरो छिचोल्न नसकेर बसेका छन् । यात्रुहरु पहिरो पन्छेर गन्तब्यमा पुग्न पर्खेर बसेका छन् । काफलडाँडामा सडक सफा गरिदै भएपनि ढलानघर आसपासमा पहिरो पन्छाउन उपकरण नआएको स्थानीय युवा गोविन्द लामिछानेले जानकारी दिएका छन् ।
नुवाकोटबाट राजधानी जाने सडकमध्ये पूरानो मार्ग पासाङल्हामु मार्ग भत्काएर छोडिएकोले सवारीसाधन चल्ने अवस्थामा छैन । गल्छि हुँदै काठमाण्डौ जाने सडकतर्फ पनि नागढुङ्गा सुरुङमार्ग आसपास सडक नियमित जस्तै अवरुद्ध हुँदै आएको छ । छोटो र सहज यात्राका लागि धेरैजसो साना सवारीसाधन पछिल्लो समय छहरे–टोखा सडकबाट सञ्चालन हुँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित