१ साउन, नुवाकोट ।
नुवाकोटको लिखु गाउँपालिका २ लबलेमा खेतमा पानी लगाउने कुलोमा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्यगढी गाउँपालिका वडा नं ५ कालिमाटी बस्ने ५० वर्षका गोबिन्द कुँवर रहेका छन् ।
मृतक कुँवरले छारे रोगको औषधी सेवन गर्ने गरेको पारिवारिक श्रोतले जनाएको छ । छारे रोगका कारण वेहोस भएर लढेर कुलोको पानीमा टाउँको डुबेर कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
Discussion about this post