सूर्यगढीमा बालकक्षामा अनावस्यक दरबन्दि सिर्जना गरी अनियमितता

0
SHARES
25
VIEWS

९ साउन, २०८१, नुवाकोट । जिल्लाका धेरैजसो विद्यालयमा विद्यार्थी संख्याको अनुपातमा शिक्षक नभईरहँदा सुर्यगढी गाउँपालिकाले भने आवस्यक संख्या भन्दा बढि दरबन्दि सिर्जना गरी अनियमित भुक्तानी दिएको पाईएको छ । गाउँपालिकाले ४ वटा विद्यालयमा अतिरिक्त दरबन्दी सिर्जना गरी भुक्तानी गरेको पाईएको हो ।
महालेखा परिक्षकको कार्यालयले तयार गरेको गत आर्थिक वर्षको प्रतिबेदन अनुसार प्रारम्भिक बाल विकास केन्द्रको राष्ट्रिय न्यूनतम मापदण्ड मार्गदर्शक पुस्तिका २०६७ को प्रथम संशोधन २०७५ बमोजिम न्यूनतम २५ जना सम्म विधार्थी संख्या भएकोमा १ जना र २५ जना भन्दा बढी भएमा यप बाल विकास सहयोगी कार्यकर्ता राख्न पाउने व्यवस्थाको पालिकाले उल्लघन गरेको हो । पालिका भित्रका विनायक मावि, मंगलादेवी आवि, कुण्डला आवि र शिलाकन्यादेवि आविमा अनावस्यक दरबन्दी सिर्जना गरी भुक्तानी दिएको प्रतिबेदनमा उल्लेख छ । ती विद्यालयका बालविकास केन्द्रहरुमा २५ जना भन्दा कम विद्यार्थी रहेका विद्यालयहरुमा पनि २ जना बाल विकास सहजकर्ता राखी संघ सशर्तबाट रु १०,०००।– का दरले र पालिकाबाट रु ३०००।– का दरले भुक्तानी भएको रकम अनियमित देखिएको हो । पालिकाले यस शिर्षकमा ६ लाख ७६ हजार अनियमित तरिकाले भुक्तानी गरेको देखिन्छ ।
पालिकाको गत वर्षको बेरुजु ३ करोड ३४ लाख रहेको लेखापरिक्षण प्रतिबेदनमा उल्लेख छ । त्यसमध्ये १ करोड ८७ लाख भन्दा बढि अनियमितता भएको लेखापरिक्षण प्रतिबेदनको ठहर छ ।

सात जना हेर्न २ सहजकर्ता
यस्तै, जिल्लाको पञ्चकन्या गाउँपालिकाले बालकक्षामा ७ जना विद्यार्थी रहेको विद्यालयमा समेत २ जना सहजकर्ता राखेको पाईएको छ । भेडाबारी माविमा जम्मा ७ जना विद्यार्थी रहेपनि २ जना सहजकर्ता राखेको पाईएको हो । यस्तै, १७ जना बालबालिका रहेको उदयजालपमा माविमा पनि २ जना सहजकर्ता राखेको पाईएको छ ।
पालिका तथा वडाका प्रतिनिधीले आफ्ना आफन्त र कार्यकर्ता भर्ती गर्न वाल विकास सहयोगी कार्यकर्ता, गाउँ/नगर प्रहरी, प्रमुख तथा उपप्रमुखको स्वकिय सचिव लगायतमा नियुक्ती दिई अनियमित रुपमा भुक्तानी गरेको पाईएको महालेखा परिक्षकको प्रतिबेदनमा ठहर गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित