बट्टार बजारमै लागु औषध कारोबार !

0
SHARES
610
VIEWS

९ साउन २०८१, नुवाकोट । नुवाकोटको विदुर २ बट्टारमै लागु औषध कारोबार हुने गरेको खुलेको छ । किशोर र युवा समुहमा लागु औषधको प्रयोग भईरहेको पाईएपछि प्रहरीले गरेको विशेष निगरानीबाट लागुऔषध कारोबारी समातिएका हुन् ।
प्रहरीले बिदुर नगरपालिका वडा नं.०२ मा डेरा गरी बस्ने बर्ष २९ को रमेश मिजारको कोठामा प्रतिबन्धित लागु औषध फेला पारेको हो । प्रतिबन्धित लागु औषध Tramadol hydrochloride को बिक्री बितरण भईरहेको छ भन्ने सूचनाको आधारमा मिति बुधवार प्रहरी अधिकृत सहितको टोलीले उक्त कोठा भित्र छापा मार्दा बिदुर नगरपालिका वडा नं. ०१ ढुङ्गे बस्ने बर्ष २६ वर्षका अनिष महर्जन, वडा नं. ०२ बस्ने २९ वर्षका को रमेश मिजार र १९ वर्षका सुरेश तामाङलाई पक्राउ गरेको हो । शंकास्पद अबस्थामा देखीएका उनीहरुलाई कानून बमोजिम खानतलासी पुर्जी दिई निजहरुको शरिर तथा कोठा रितपुर्वक खानतलसी गर्दा उक्त कोठामा भएको ओछ्यानमा सिरक र सिरानीले छोपी हरीयो रङको प्लाष्टिक भित्र लुकाई छिपाई राखेको अबस्थामा Tramadol hydrochloride क्याप्सुल १४ पत्तामा १३४ ट्याब्लेट र NITRAVET-10 १ पत्तामा ६ ट्याब्लेट फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक तिलक भारतीले जानकारी दिनुभयो । पक्राउ परेकाहरुलाई वुधवार नै नुवाकोट जिल्ला अदालतबाट लागू औषध मुद्दामा दिन १० (दश) को म्याद अनुमती लिई अनुसन्धान कार्य भई रहेको भारतीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित