पत्रकार कृष्ण थापा सम्पर्क विहिन

0
SHARES
18
VIEWS

१४ साउन, २०८१, नुवाकोट । नुवाकोटका पत्रकार कृष्ण थापा केहि दिनअघि देखि सम्पर्क विहिन भएका छन् । सम्पर्क बिहिन रहेका थापाको खोजिमा सहजीकरण गरिदिन प्रेस युनियन नुवाकोटले प्रहरीलाई आग्रह गरेको छ ।

प्रेस युनियन नुवाकोटका अध्यक्ष नमराज सुवेदीको नेतृत्वमा गएका नुवाकोटका सन्चारकर्मिले थापाको खोजीका नुवाकोट प्रहरी प्रमुख शान्तिराज कोइरालालाई भेटेर खोजीका लागि आग्रह गरेको हो । जेठ अन्तिम साता विदुरबाट कोठा सरेर काठमाण्डौ गएका थापा त्यससमय देखि नै कम सम्पर्कमा थिए । विदुरबाट कोठा सरेर काठमाण्डौंको जोरपाटीमा अस्थाई वसाई सरेका थापा परिवार र आफन्तको सम्पर्कमा नरहेको पारिवारिक श्रोतले जनाएको छ । सुर्यगढी गाउँपालिका वडा नंबर ५ फेदिबेशीका थापाले लामो समय कान्तिपुर दैनिकमा काम गरेका थिए । पहिले रसुवा र पछिल्लो समय नुवाकोट कार्यक्षेत्र बनाई काम गरेका थापाले कान्तिपुर छोडेर आफ्नै एक अनलाईन सञ्चालन गर्दै आएका थिए ।

  1. घर परिवारको सम्पर्कमा नआएका थापाको खोजिको लागि उनका भाई विष्णु बहादुर थापाले जिल्ला प्रहरी कार्यालय काठमाडौंमा निवेदन समेत दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित