१४ साउन, २०८१, नुवाकोट । परीक्षा बोर्डको त्रुटीका कारण एसइईको नतिजा आएको एक महिना पछि नुवाकोटका एक छात्राको ४ जिपिए आएको छ । विदुर ४ स्थित पृथ्वी माध्यमिक विद्यालयका विद्यार्थी रेजिना भण्डारीको एसइईको नतिजा संशोधन भएको हो ।
रेजिनाको ४.०० जिपिए कायम भएको छ । असार १२ गते प्रकाशित नतिजामा ३.९६ जिपिए रहेकी रेजिनाको सामाजिक अध्ययन विषयको नतिजा पुनर्योग हुँदा नतिजामा संशोधन भई ४.०० जिपिए कायम भएको विद्यालयका प्रधानाध्यापक बाबुराम लामिछानेले जानकारी दिनुभयो । रेजिना नुवाकोट जिल्ला लिखु गाउँपालिका ३ की स्थायी बासिन्दा हेमबहादुर भण्डारी र रेश्मा भण्डारीकी छोरी हुन् । नुवाकोटमा सामुदायिक विद्यालयबाट ४ जिपिए ल्याउने भण्डारी हालसम्मकै पहिलो छात्रा हुन् । असार दोश्रो साता प्रकाशित एसइई नतिजा अनुसार जिल्लाबाट एक छात्राको ४ जिपिए आएको थियो । शुभेनियर बोर्डिङ स्कुलकी छात्रा सिम्रिका रिजालको ४ जिपिए आएको हो ।
यसवर्षको एसइईमा पृथ्वीमाविबट ३८ जना विद्यार्थीले ३.६ वा सोभन्दा माथि ल्याएका छन् । ३ं.२ भन्दामाथि ३.६ सम्म ल्याउने २६ जना रहेका छन् । नतिजा लगायत अन्य सूचकमा पृथ्वी मावि जिल्लाकै सर्वोत्कृष्ट सामुदायिक विद्यालयको रुपमा रहेको छ ।
Discussion about this post