कोलोनीमा निःशुल्क आँखा शिविर, लायन सेवा केन्द्रबाट आँखा उपचार सेवा शुरु

0
SHARES
23
VIEWS

१४ साउन, २०८१, नुवाकोट ।
लामो समयदेखि दन्त परिक्षण र उपचारमा अग्रणी रहेको लायन्स सेवा केन्द्र त्रिशूली कोलोनीले आँखा परिक्षण र उपचार सेवा शुरु गरेको छ । सेवा शुभारम्भको अवसरमा आयोजित निःशुल्क आँखा शिविरको सोमबार विशेष कार्यक्रमका बिच विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ र लायन डिस्ट्रिक ३५५ गभर्नर मिलन थापाले संयुक्त रुपमा उद्घाटन गर्नभएको छ ।
कार्यक्रममा लायन हरि प्रसाद मरहठ्ठा, लायन प्रजापती बस्तोला , लायन रामराजा थापा, लायन शोभाकान्त बस्याल, शितल कुमार शर्मा लगायत लायन लिडरहरुको सहभागिता थियो । आँखा सेवाको लागि लायन्स क्लब अफ गोरखा, गोरखा आँखा सेवा केन्द्र, लायन्स क्लब अफ काठमाडौँलगायतको प्राविधिक सहयोग र आर्थिक सहयोग रहेको लायन्स क्लब अफ नुवाकोटका अध्यक्ष राजाराम अधिकारीले जानकारी दिए । सेवा शुभारम्भसँगै लायन्स क्लबले केन्द्रको परिसरमा वृक्षारोपण समेत गरेको छ । सेवा केन्द्रले हिजो र आज साउन १४ र १५ गते दुईदिन निःशुल्क शिविर समेत सञ्चालन गरिरहेको छ ।

नेत्र विशेषज्ञ खुमप्रसाद पराजुलीको टोलीले उपचार गरिरहेको शिविरमा आँखाको बिरामीहरुलाई सेवा लिन लायन्स त्रिशूली क्लवका प्रेसिडेन्ट श्रीकृष्ण रिजालले आग्रह गर्नुभएको छ । सेवा केन्द्रबाट अत्याधुनिक उपकरण सहित विशेषज्ञ सेवा सुचारु भएको रिजालले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित