नुवाकोटको बेलकोटगढीमा खोलाले बगाउँदा ६ वर्षीय बालकको मृत्यु

0
SHARES
286
VIEWS
सांकेतिक तस्विर

१७ साउन, नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका–६ स्थित पिप्लेका एक बालकलाई बुधवार साँझ खोलाले बगाउँदा मृत्यु भएको छ ।

सोही स्थानमा रहेको चेपिण्डे खोला तरेर खेतमा जाने क्रममा आमाको हातबाट फुत्किएर छ वर्षीय विक्रम लामिछानेलाई खोलाले बगाएर निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बालकलाई उनको आमा बीना भण्डारी ९लामिछाने०ले हात समातेर सँगै खोला तर्ने क्रममा चिप्लिँदा खोलाले बगाएर दुई सय मिटर तल पुर्याएपछि उद्धार गरिएको थियो । उद्धारका क्रममा नै बालकको घटनास्थलमा निधन भएको हो ।

खोलाको चिप्लो ढुङ्गामा पानीको बहावले लडाएसँगै आमाको हातबाट फुत्किएर बालकलाई खोलाले बगाएको हो । लड्न पुगेकी आमाले छोरालाई बचाउन प्रयास गरे पनि तत्कालै उद्धार गर्न नसक्दा निधन भएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि त्रिशूली अस्पतालमा ल्याउन लागिएको छ ।
दैनिकीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित