नुवाकोट । नेपाली कांग्रेस संगठन विभाग नुवाकोटले बेलकोट नगरपालिका वडा नं १० मा रहेको जीवनमार्ग मण्डलीलाई विभिन्न आवस्यक सामाग्री प्रदान गरेको छ ।
शनिवार आयोजित सामाग्री हस्तान्तरण कार्यक्रममा नुवाकोट कांग्रेस सचिव एवं संगठन विभाग प्रमुख श्रीराम श्रेष्ठले मण्डलीका संचालक रमेश तामाङलाई कुर्सी तथा साउण्ड सिस्टम हस्तान्तरण गर्नुभयो । कार्यक्रममा श्रेष्ठले नेपाली कांग्रेस बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विभिन्नतालाई नै राष्ट्रिय एकताको आधार मान्ने दल भएकोले विभिन्न समुदायमा यस्ता सहयोग कार्य गर्दै आएको वताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि पवित्रा पुडाशैनी, नुवाकोट क्याम्पस सञ्चालक समितिका सदस्य प्रकाश ढुंगाना, समाजसेवी सन्तोष भट्ट लगायतको उपस्थिति रहेको थियो । सामाग्री बुझ्दै मण्डलीका सञ्चालक रमेश तामाङले प्राप्त सामाग्रीहरुको सदुपयोग गरिने बताउनुभयो ।
नेपाली कांग्रेस संगठन विभाग नुवाकोटले यसअघि पनि विभिन्न विद्यालयका विद्यार्थीहरुलाई पोशाक लगायत शैक्षिक सामाग्री सहयोग गर्दै आएको छ । वास्तविक आवस्यकता रहेका स्थानमा मागका आधारमा सहयोग कार्यलाई निरन्तरता दिईने संगठन विभाग प्रमुख श्रीराम श्रेष्ठले जानकारी दिनुभयो ।
Discussion about this post