२० साउन, २०८१, नुवाकोट । नुवाकोट, काठमाण्डौं लगायत स्थानका विभिन्न विरामीलाई आवस्यक रगतको ब्यवस्था गर्न नुवाकोटमा रक्तदान आयोजना भएको छ । बट्टार वजारमा रहेको शुलभ फार्मेसी र नेपाल रेडक्रस सोसाईटीको संयुक्त आयोजनामा रक्तदान सम्पन्न भएको हो ।
सामाजिक क्षेत्रमा सक्रिय काजी ग्रुपको सहआयोजामा सम्पन्न रक्तदानमा विभिन्न उमेर समुहका ३७ जना युवायुवतीले रक्तदान गरेका छन् । रक्तदातालाई आयोजक संस्थाको तर्फबाट नेपाल रेडक्रस सोसाईटी नुवाकोट शाखाका सभापति हरि श्रेष्ठ, नुवाकोट उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेती लगायतले प्रमाणपत्र प्रदान गर्नुभएको छ । रक्तदातालाई धन्यबाद ज्ञापन गर्दै बरिष्ठ उपाध्यक्ष उप्रेतीले रगत अभावका कारण अकालमा हुने मृत्यु रोक्न यस्ता कार्यक्रम फलदायी हुने बताउनुभयो । नेपाल रेडक्रस सोसाईटी नुवाकोट शाखाका सभापति हरि श्रेष्ठले स्वस्थ्य मानिसले रक्तदान गर्दा कुनै समस्या नहुने भएकोले रक्तदानमा सहभागीता जनाउन सवैमा आग्रह गर्नुभयो ।
सुलभ फार्मेसी तथा सर्जिकल हाउसले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान गरिएको र स्थानीय सर्वसाधारणको निःशुल्क रुपमा सुगर परिक्षण समेत गरिएको सञ्चालक सुदिप घिमिरेले जानकारी दिनुभयो ।
Discussion about this post