कुलो मर्मत गर्न सयौंको श्रमदान

0
SHARES
36
VIEWS

२० साउन, नुवाकोट । श्रमदान गरेर खेतमा पानी ल्याउने गरिएको कुलो बर्षाले क्षतीग्रस्त भएपछि नुवाकोटको विदुर ७ तुप्चेका नागरिकले आफैं श्रमदान गरी कुलो मर्मत गरेका छन् । उपभोक्ताहरुको समिति बासकोट फाँट सिचाइ कुलो समितीको आव्हानमा शनिवार र आईतवार सयौं स्थानीयले श्रमदान गरेर कुलो मर्मत गरेका हुन् ।
समितिले निर्णय नै गरेर खेतीपाती गर्दै आएका किसान तथा जग्गाधनीलाई श्रमदान गर्न आव्हान गरेको थियो । श्रमदानमा सहभागी नभएमा एकदिनको ज्याला बराबर जरिवाना हुने निर्णय गरेका थियौं–समितिका सचिव कुमार सापकोटाले भने– आफ्नो समस्या समाधान गर्न आफैं कसिने परंपराको थालनी गर्न अनिवार्य श्रमदानको निर्णय भएको हो । ’ श्रमदान अभियानमा स्थानीय वृद्धवृद्धादेखि सवै उमेरका नागरिकको उत्साहजनक सहभागिता रहेको थियो । यस क्षेत्रको करिब ५ सय रोपनि जग्गा सिचाइ हुने कुलो क्षतीग्रस्त हुँदा किसानहरु मर्कामा परेका थिए–स्थानीय प्रदिप अधिकारीले भने–समितिको आव्हानमा शनिवार करिव २ सय आईतवार करिव ५० जनाजति भएर पानी चलाउन सफल भएका छौ ।’ कुलो मर्मतका लागि सरकारी निकायको मात्र भरपर्दा ढिलो हुने भएकोले आफै कम्मर कसेको स्थानीयको भनाई छ । तत्कालका लागि समस्या समाधान भएपनि दिर्घकालका लागि भने सम्बन्धित निकायबाट सहयोगको अपेक्षा गरिएको उनीहरुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित