शेयर बजार–उच्च कारोबार, उच्च गिरावट

0
SHARES
28
VIEWS

२२ साउन, नुवाकोट । नेपाली शेयर बजारमा आज उच्च अंकले गिरावट आएको छ । कारोबार रकम भने अघिल्लो बुल पछिको धेरै रहेको छ । बजारमा मंगलबार २३ अर्ब ७२ करोड रुपैयाँको सेयर किनबेच भएको छ । एकैदिन भएको यो अहिलेसम्मकै उच्च कारोवार हो ।
सुरुमा उत्तारचढावपूर्ण रहेको नेप्से अपराहन १२ः२५ देखि निरन्तर ओरालो लागेर अन्तिममा २६५१.३२ विन्दु कायम भएको हो। नेप्से बजार खुलेको १८ मिनेटमा बढेर २८१५ विन्दुमा पुगेको थियो । आज, हिमालयन रि–इन्स्योरेन्सको सर्वाधिक १ अर्व ३१ करोड रुपैयाँको सेयर किनबेच भएको छ। एनआरएनए इन्फ्रास्ट्रक्चर ४८ करोड ३६ लाख र सीइडीबी हाइड्रोपावर ४३ करोड १८ लाख रुपैयाँको सेयर किनबेचसहित सर्वाधिक कारोबार हुने शीर्ष कम्पनीको सूचीमा रहे । थ्रिस्टार हाइड्रोपावरको सेयर मूल्यमा सकारामका सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य ७५४.७० रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित