नुवाकोट । १ असोज ।
दुप्चेश्वर दर्शनका लागि तादी खोलामा स्नानका क्रममा खोलाले वगाएकी बृद्धाको शव फेला परेको छ । हिजो विहानदेखि खोलाले वगाएर हराईरहेकी वृद्धाको शव आज विहान फेला परेको हो ।
सुर्यगढी गाउँपालिका वडा नं.०३ चोगते बस्ने बर्ष ७३ की होम कुमारी अधिकारीलाई जिल्ला नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नं.०७ ठुलोखेत स्थितबाट तादी खोलाले हिजो विहान बगाई बेपत्ता बनाएको हो । प्रहरी चौकी समुन्द्रटार नुवाकोट र इलाका प्रहरी कार्यालय खरानिटार नुवाकोटबाट प्रहरी अधिकृत सहितको टोलीले स्थानीय मानिसहरुको सहयोग लिई खोजतलास गर्ने क्रममा आज विहान दुप्चेश्वर गाँउपालिका वडा नं.०६ गौडापुल स्थित तादी खोलाको ढुङगामा अडकेको अबस्थामा मृत शव फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकृत तिलक भारतीले जानकारी दिए ।
Discussion about this post