रिना मगर,
नुवाकोट, ३ असोज । नुवाकोटको विदुर ४ बट्टारमा रहेको सक्षम बहुउद्येश्यीय सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले आव २०८१/०८२ का लागि प्रस्तावित नीति कार्यक्रम तथा बजेट पारित गरेको छ ।
साधारणसभामा संस्थाका अध्यक्ष तुलसी दवाडीले गत आर्थि वर्षको प्रगती प्रतिबेदन र चालु आर्थिक वर्षको प्रस्तावित कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । हाल सक्षम सहकारीमा ६ सय ११ महिला सहित १ हजार १ सय ३० जना शेयस सदस्यको २ करोड ६५ लाख ६० हजार ९ सय पचास रुपैयाँ सेयर पुँजी रहेको प्रतिबेदनमा उल्लेख छ । सहकारीले गत आर्थिक वर्षमा ५ करोड ७३ लाख रुपैयाँ वचत संकलन गरी ६ करोड ७९ लाख रुपैयाँ कर्जा लगानी गरेको कोषाध्यक्ष राजुमान प्रधानको प्रतिबेदनमा उल्लेख छ । सभामा लेखा समिति संयोजक डिलवहादुर माझिले लेखा प्रतिबेदन प्रस्तुत गर्नुभएको छ । सहकारीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत युनाईटेड माविलाई शैक्षिक सामाग्री वितरण र काठमाण्डौंमा रहेको चाहना बालगृहलाई आर्थिक सहयोग गर्दै आएको साधारणसभामा जानकारी दिईएको छ ।
सभाको विहिवार विदुर नगरपालिका वडा नं ४ का वडाध्यक्ष निलमबाबु ढुंगेलले उद्घाटन गर्नुभएको हो । सभा उद्घाटन गर्दै वडाध्यक्ष ढुंगेलले समाजमा छरिएर रहेका वचत संकलन गरी उत्पादन र स्वराजगारमूलक क्षेत्रमा लगानी गर्न सहकारीको भूमिका महत्वपूर्ण रहने बताउनुभएको छ । कार्यक्रममा विदुर नगरपालिका सहकारी शाखाका प्रमुख नानिमैया नेपाल लगायतले सहकारीले आफ्नो कार्यक्षेत्रभित्र कारोबार गर्नुपर्नेमा जोड दिनुभएको छ । साधारणसभामा ज्येष्ठ सदस्य तथा उत्कृष्ट कारोवार गर्ने सदस्यहरुलाई सम्मान समेत गरिएको थियो ।
Discussion about this post