तादीमा संविधान दिवस

0
SHARES
15
VIEWS
तादीमा संविधान दिवस

नुवाकोट, ३ असोज । नुवाकोटका विभिन्न पालिकाहरुमा संविधान दिवस मनाईएको छ । ‘हाम्रो सरोकार, गणतन्त्रको आधार,सवल स्थानिय सरकार’ भन्ने मुल नारा सहित दिवस मनाईएको हो ।
जिल्लाको पुर्विभेगमा रहेको तादी गाउँपालिका तथा पञ्चकन्या गाउँपालिकाको संयुक्त आयोजनामा खरानीटारमा प्रभातफेरी सहित कोणसभा सम्पन्न भएको छ । सभालाई सम्बोधन गर्दे संघीय सरकारका पुर्व अर्थमन्त्रि तथा नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशसरण महतले संविधानको कार्यान्वयनबाटै लोकतान्त्रिक साशन ब्यवस्थालाई बलियो बनाउन सकिने वताउनुभएको छ । तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य राममाया बोगटी, बागमती प्रदेश सभा सदस्य रमेश कुमार महत, राम प्रसाद ढुङ्गाना , नेकपा एमालेका जिल्ला अध्यक्ष बद्री मैनालि, जिसस नुवाकोटका प्रमुख रजेन्द्रविक्रम सिंह ठकुरी लगायतले संविधान अनुसार बन्नुपर्ने नयाँ ऐनहरु छिटै आउनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा लिखु गाउँपालिकाका अध्यक्ष धुब्र श्रेष्ठ, सुर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घले, शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलिया, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, पञ्चकन्या गाउँपालिकाका उपाध्यक्ष विमला पाठक, तादी गाउँपालिकाका उपाध्यक्ष सन्जु प्याकुरेल, सुर्यगढी गाउँपालिकाका उपाध्यक्ष मन्जु वुढाथोकि ज्यू,प्र।प्र।अ नन्द लाल शर्माज्यू,विभिन्न पार्टिका जिल्ला तथा पालिका प्रमुख साथै प्रतिनिधिज्यूहरु,तादी तथा पञ्चकन्या गाउँपालिका जनप्रतिनिधि ज्यूहरु ,कर्मचारीज्यूहरु,संघ संस्थाका प्रतिनिधिज्यूहरु,विद्यालय शिक्षक लगायत विभिन्न राजनीतिक द लका प्रतिनिधी, शिक्षक, विद्यार्थी नागरिक समाज,सामाजिक अभियान्ता लगायतको उपस्थिती रहेको थियो । दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम, झण्डोतलन तथा झाँकी नाच, पञ्चेबाजा, विभिन्न प्रस्तुति तथा नृत्य कला प्रदर्शन समेत गरिएको तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित