नुवाकोट, ३ असोज । नुवाकोटको बिदुर नगरपालिका वडा नं ५ स्थित सहिद अगत प्रकाश जंग शाह संस्कृत माध्यामिक विद्यालयको प्रांगणमा वृहत स्वास्थ्य शिविर शुरु भएको छ । यशोदादेवी-भगवानसिंह केसी मेमोरियल ट्रष्ट र नेपाल रेडक्रस सोसाईटी जालपादेवी उपशाखा देविघाटको संयुक्त आयोजनामा शुरु भएको शिविर शुक्रवार सम्म सञ्चालन हुने छ ।
पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य एव आयोजक ट्रष्टका संरक्षक अर्जुननरसिंह केसीले बृहत स्वास्थ्य शिबिरको उद्घघाटन गर्दै विशेषगरी नुवाकोटको शिक्षा र स्वास्थ्य क्षेत्रमा ट्रष्टले विभिन्न कार्य गर्दै आएको जानकारी दिनुभयो । केसीले नुवाकोटको आम नागरिकको स्वास्थ्यसँग आफुले प्रत्यक्ष सरोकार राख्दै यहाँको स्वास्थ्य क्षेत्रको विकासको लागी सधैं प्रतिबद्ध रहेको बताउनुभएको छ । आफुहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नुवाकोटका विभिन्न स्थानमा शिक्षा र स्वास्थ्यमा सहयोग पुराउदै आगामी दिनहरुमा पनि स्वास्थ्य सेवामा सहज पहुँच नभएका नुवाकोट, रसुवा लगायतका जिल्लामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै नागरिकको स्वास्थ्य उपचारको प्रबन्ध यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रष्ट मार्फत मिलाउने प्रतिबद्धता जनाउनुभएको छ ।
संविधान दिवसको अबसरमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नुवाकोटको समन्वय र त्रिशुली अस्पताल, जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटको प्राविधिक सहयोगमा सञ्चालित दुई दिने बृहत स्वास्थ्य शिबिरमा पहिलो दिन नै सातसय भन्दा बढीले आफ्नो स्वास्थ्य जाँच गराएका छन । शिविरमा हाडजोर्नीमा, सामान्य चिकित्सा, स्त्री तथा प्रसुती, महिला सम्बन्धिको क्यान्सरको लक्षण परीक्षण, ल्याव सेवा, आँखा तथा दृष्टि रोग सम्बन्धी सेवा, फिजिसियन तथा परामर्श सेवा, मनोरोग सम्बन्धी सेवा, निशुल्क औषधी वितरण सेवा प्रदान गरिएको छ । कार्यक्रममा ट्रष्टका अध्यक्ष डा केदारनरसिंह केसीले आगामी दिनहरुमा पनि स्वास्थ्य सेवामा सहज पहुँच नभएका नुवाकोट, रसुवा लगायतका जिल्लामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै नागरिकको स्वास्थ्य उपचारको प्रबन्ध यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रष्ट मार्फत मिलाउने प्रतिबद्धता जनाउनुभएको छ । बृहत स्वास्थ्य शिविरको उद्घाटन कार्यक्रममा यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रष्टका अध्यक्ष डा। केदारनार सिंह केसी, महासचिव जगदिश्वरनरसिंह केसी, जिल्ला समन्वय समिति नुवाकोटको सदस्य सन्तोषी देवकोटा, विदुर नगरपालिकाको उपप्रमुख प्रभा बोगटी, विदुर वडा नं ५ का वडा अध्यक्ष लिलानाथ न्यौपाने, त्रिशूली अस्पतालका निर्देशक डाक्टर राजेन्द्र लामा, रेडक्रस नुवाकोट सभापति हरी श्रेष्ठ, कार्यालय प्रमुख समुन्द्रबाबु अधिकारी, शिविर सञ्चालन भइरहेको विद्यालय सहिद अगत प्रकाश जंग शाह संस्कृत माविका प्रधानाध्यापक मञ्जू चित्रकार लगायतको उपस्थिती रहेको थियो ।
शिविरमा हाडजोर्नीमा, सामान्य चिकित्सा, स्त्री तथा प्रसुती, महिला सम्बन्धिको क्यान्सरको लक्षण परीक्षण, ल्याव सेवा, आँखा तथा दृष्टि रोग सम्बन्धी सेवा, फिजिसियन तथा परामर्श सेवा, मनोरोग सम्बन्धी सेवा, निशुल्क औषधी वितरण सेवा प्रदान गरिएको छ ।

























Discussion about this post