अनेरास्ववियु नुवाकोटमा आ–आफनै घोषणा

0
SHARES
84
VIEWS

नुवाकोट । २३ मंसिर ।
नेकपा एमाले निकट अनेरास्ववियु को नुवाकोट जिल्ला कार्यसमितिमा एकै जना अध्यक्षको नेतृत्वमा फरक÷फरक कार्यसमिति चयन भएको छ । निर्वाचनका अध्यक्ष मण्डलका अध्यक्षको हस्ताक्षर र ‘जिल्लाका प्रतिनिधीहरु’ को सहमतीमा फरकफरक समुह चयन भएको हो ।
अध्यक्ष मण्डलका अध्यक्ष लालबहादुर बुढाथोकीले हस्ताक्षर गरेको सूचनामा फैसल दिनको नेतृत्वमा उपाध्यक्ष अनिश प्याकुरेल, निराजन गजुरेल, उमेश लामा, सचिवमा जिवन लामा, सहसचिवमा सन्तोष चालिसे, कमल तिम्सिना र दिनेशराज वाग्ले तथा कोषाध्यक्षमा युना तामाङ सहित ३१ सदस्यीय कार्यसमिति चयन भएको जनाईएको छ । यता, अध्यक्ष फैसल दिनले आफ्नो सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको सूचनामा भने विद्यार्थी नेताहरुको नाम र जिम्मेवारी अध्यक्ष मण्डलले जारी गरेको सूचनामा भन्दा फरक रहेको छ । अध्यक्ष फैसलले भनेका छन्–अनेरास्ववियु नुवाकोटको को १८औं जिल्ला अधिबेशनमा अध्यक्ष मण्डल र निर्वाचन कमिटी सहितको संयुक्त छलफलमा सहमती नभए पछि २२ गतेको बन्द सत्र स्थगित गरि २३ गते बिहान १० बजे बस्ने गरि भएको सहमतिको अध्यक्ष मण्डलको सहमति बिना अध्यक्ष मण्डलको अध्यक्ष लालबहादुर बुढाथोकीले कार्यक्रम स्थलबाट खबर नगरी निस्केर थापागाउँ पुगि फेसबुक मार्फत एक पक्षिय ढंगले लाद्दै निरंकुशताको झझल्को दिने गरि गरिएको व्यक्तिगत निर्णय अस्विकार गर्दै हामी मैदानमा भएको कमरेडहरुको सहमतिमा तपशिल बमोजिमको अनेरास्ववियु नुवाकोट जिल्ला कमिटीको घोषणा भएको छ ।’ अध्यक्षद्धारा सार्वजनिक सूचना अनुसार भने उपाध्यक्षमा अनिश प्याकुरेल, दिनेशराज वाग्ले र सन्तोष अधिकारी रहेका छन् । यस्तै, सचिवमा कमल तिम्सिना, सहसचिवमा विनोद घिमिरे, जीवन लामा र अर्जुना लामिछाने तथा कोषाध्यक्षमा पुष्पा धमला रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित