विश्वकपमा नेपालको पहिलो जित: प्लेअफमा मलेसिया ७ विकेटले पराजित

0
SHARES
15
VIEWS
मलेसियालाई ७ विकेटले हराएपछि टिममा खुशी साट्दै नेपाली कप्तान पूजा महतो । तस्बिरः क्यान

काठमाडौँ, माघ ११ गते। नेपाली यु–१९ महिला टिमले विश्वकपमा पहिलो जित दर्ता गरेको छ। समूह चरणका तीन खेलमा पराजित भएको नेपालले प्लेअफ म्याचमा मलेसियालाई ७ विकेटले हराएको हो।

टस जितेर सुरुमा बलिङ गरेको नेपालले मलेसियालाई १६.५ ओभरमा ४५ रन बनाउँदा अल आउट गरेको थियो। सुरुमा ब्याटिङ गरेको मलेसियाका लागि नुरिमन हिदयाहले १५ रन बनाउनुभयो भने अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।

मलेसियालाई सस्तैमा समेट्न नेपालका लागि कप्तान पूजा महतोले ९ रन खर्चिएर चार विकेट लिनुभयो भने रचना चौधरीले तीन ओभरमा एक मेडनसहित ५ रन खर्चिएर तीन विकट हात पार्नुभयो। नेपालका लागि थप दुई विकेट रिया शर्मा र सिम्रन केसीले लिनुभयो।

४६ रनको लक्ष्य पछ्याएको नेपालले ११ ओभरमा तीन विकेटको क्षतिमा ४७ रन बनाउँदै सात विकेटको जित निकालेको हो। नेपालको जितका लागि कप्तान पूजा महतोले नटआउट ३२ बलमा चार चौकाको मद्दतमा २३ रन जोड्नुभयो । साना प्रविन १, सावित्रा धामी ३ र ज्योत्स्नीका मरासिनीले ९ रन बनाउँदा सिम्रन केसी ४ रनमा नटआउट रहनुभयो।

नेपालका कप्तान पूजा प्लेयर अफ द म्याच बन्नुभयो । यसअघि समूह चरणको पहिलो खेलमा बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको नेपालले स्कटल्याण्डसँगको खेल एक विकेटले गुमाएको थियो। समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियासँग भने नेपाल ८३ रनले पराजित भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित