अपडेट–विदुर ९ की वडा सदस्य मृत फेला

0
SHARES
829
VIEWS
सांकेतिक तस्विर ।

नुवाकोट । २६ माघ ।
शनिवार विहानदेखि त्रिशूली खोलाले बगाएर बेपत्ता बनाएका नुवाकोटको विदुर नगरपालिका वडा नं ९ का वडा सदस्यको शव फेला परेको छ । विदुर ९ की वडासदस्य धनकुमारी सुनारको शव बेलकोटगढी नगरपालिका वडा नं ७ महादेवफाँटस्थित त्रिशूली नदीमा फेला परेको हो ।
आज विहान विदुर ५ स्थित देविघाट जालपा मन्दिर दर्शनार्थ त्रिशूली नदीमा नुवाउने क्रममा विदुर ९ की वडासदस्य धनकुमारी सुनारलाई नदीले बगाएको हो । आफन्त, स्थानीयवासीन्दा र प्रहरीद्धारा सुनारको खोजी गरिएको थियो । वडासदस्य सुनार नेकपा एमाले नुवाकोटका जिल्ला कमिटि सदस्य समेत रहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित