नुवाकोट । २६ माघ ।
जिल्ला अस्पताल त्रिशूलीमा बिरामीले प्रयोगशालाको रिपोर्ट अव आफैले प्रिन्ट गर्न र हेर्न सक्ने भएका छन् । अस्पतालमा आज आयोजित एक कार्यक्रममा विस्तारित अस्पताल फार्मेसी र ल्याब रिपोर्ट अटो प्रिन्टर मेसिनको उद्घाटन गरिएको हो ।
कार्यक्रमा अस्पताल व्यवस्थापन तथा संचालन समितिका अध्यक्ष उपेन्द्र बुढाथोकीले अस्पतालले प्रदान गर्ने सेवाहरूलाई प्रभावकारी बनाउन विस्तारित सेवा शुरु गरिएको जानकारी दिनुभएको छ । बिदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले अस्पतालले नुवाकोटमात्र नभई छिमेकी जिल्ला धादिङ र रसुवाका सेवाग्राहीलाई समेत सेवा दिदै आएकोले अस्पतालको सेवा थप विरामीमैत्री हुनुपर्नेमा जोड दिनुभएको छ । कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, बागमती प्रदेश सिटिइभिटीका निर्देशक डा. शान्ति लामा लगायतले अस्पतालको विस्तारित सेवाबाट सेवाग्राही थप लाभान्वित हुने वताउनुभएको छ ।
‘यस सेवा विस्तार सँगै बिरामीले प्रयोगशालाको बिलमा भएको बारकोड मेसिनमा राखेर रिपोर्ट हेर्न र प्रिन्ट गर्न सक्ने भएका छन्’–‘अस्पतालका निमित्त अस्पताल निर्देशक डा. राजेन्द्र लामाले भन्नुभयो– यस सुविधाले प्रयोगशाला रिपोर्ट लिने ठाउँमा बिरामीको चाप घट्ने र बिरामीको समयको बचत हुने छ । ’
Discussion about this post