विदुरमा भोलि शोक विदा

0
SHARES
228
VIEWS

नुवाकोट । २६ माघ ।
विदुर नगरपालिका वडा नं. ९ का निर्वाचित नगरसभा सदस्य धन माया सुनारको निधनमा भोलि आईतवार विदुर नगरपालिकामा शोक विदा हुने भएको छ ।
शनिवार बसेको विदुर नगर कार्यपालिकाको आकस्मिक बैठकको निर्णय अनुसार मिति २०८१ माघ २७ गते आइतवारका दिन विदुर नगरपालिकामा शोक बिदा दिने निर्णय भएकोले हो । विदुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद प्याकुरेलद्धारा जारी सूचनामा भनिएको छ – शोक विदामा नगरपालिका कार्यालय, सम्पूर्ण वडा कार्यालय र स्वास्थ्य संस्थाहरु (आकस्मिक सेवा बाहेक) बन्द रहने बेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । यसबाट सेवाग्राहीमा पर्न जाने असुविधा प्रति नगरपालिका क्षमाप्रार्थी छ ।
शनिवार विहानदेखि त्रिशूली खोलाले बगाएर बेपत्ता बनाएका नुवाकोटको विदुर नगरपालिका वडा नं ९ का वडा सदस्यको शव फेला परेको हो । विदुर ९ की वडासदस्य धनकुमारी सुनारको शव बेलकोटगढी नगरपालिका वडा नं ७ महादेवफाँटस्थित त्रिशूली नदीमा फेला परेको हो ।
आज विहान विदुर ५ स्थित देविघाट जालपा मन्दिर दर्शनार्थ त्रिशूली नदीमा नुवाउने क्रममा विदुर ९ की वडासदस्य धनकुमारी सुनारलाई नदीले बगाएको हो । आफन्त, स्थानीयवासीन्दा र प्रहरीद्धारा सुनारको खोजी गरिएको थियो । वडासदस्य सुनार नेकपा एमाले नुवाकोटका जिल्ला कमिटि सदस्य समेत रहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित