नुवाकोट । २८ माघ ।
नुवाकोटको निर्वाचन क्षेत्र नं १ का सांसद हितबहादुर तामाङले आज संसदमा नुवाकोट आदर्श वहुमुखी क्याम्पसको विषयमा राखेको धारणाप्रति क्याम्पस सञ्चालक समितिले ध्यानाकर्षण भएको जनाएको छ । सांसद तामाङले आज संसदमा नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा त्रिबीबाट स्विकृत विधान विपरित कार्य गरेको भन्दै आफ्नो भनाई राखेका थिए ।
यस सम्बन्धमा नुवाकोट आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष श्रीराम श्रेष्ठले सांसद तामाङले गरिमामय संसदमा उठान गरेको विषय भ्रामक रहेको वताएका हुन् । अध्यक्ष श्रेष्ठले सामाजिक सञ्जाल फेसबुक मार्फत भन्नुभएको छ– ‘सांसद तामाङले क्याम्पसको बारेमा उठाएको विषयमा मेरो ध्यान आकर्षण भएको छ । तपाइले उठान गरेको बिषय बस्तु सतप्रतिसत भ्रामक छ । माननीय पदको गरिमा राख्नुस । अन्य कुरा तथ्यपूर्ण कागजपत्र सहित पत्रकार सम्मेलनमार्फत सार्बजनिक गर्नेछु ।’
निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद तामाङले आफ्नै निर्वाचन क्षेत्रमा पर्ने राजधानीबाट नुवाकोट प्रवेशको पूरानो मार्ग काठमाण्डौं–रानीपौवा–त्रिशूली सडक खण्ड तथा निर्वाचन क्षेत्र र नुवाकोटका नागरिकको समस्याका वारेमा भने हालसम्म पनि कुनै विषय संसदमा उठाउन नसकेको भन्दै आफ्नै निर्वाचन क्षेत्रमा आलोचित हुँदै आएका छन् ।

























Discussion about this post