दुर्गमका विद्यार्थीलाई न्यानो कपडा

0
SHARES
38
VIEWS

नुवाकोट । २८ माघ ।
नुवाकोटको शैक्षिक विकास र सामाजिक क्षेत्रमा क्रियाशिल यशोदादेवि भगवानसिंह केसी मेमोरियल ट्रष्टको संयोजनमा दुर्गम दुप्चेश्वरका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।
लायन्स कलब अफ काठमाडौ प्यारामाउण्ट, काठमाडौ भ्याली वेष्ट, काठमाडौ कामनाको समन्वयमा दुप्चेश्वर गाउँपालिका वडा न ०२ गाउँखर्कमा अवस्थित श्री सुन्दरा आधारभुत विधालयका छात्र–छात्रालाई न्यानो कपडा वितरण गरिएको हो । कार्यक्रममा ट्रष्टका महासचिव जगदिश्वर नरसिंह केसीले ट्रष्टले जिल्लामा आवस्यकता अनुसार शिक्षा, स्वास्थ्य र विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको वताउनुभयो । केसीले भन्नुभयो–समाजका विभिन्न विद्यालयको शैक्षिक उन्नयन तथा विधार्थीको क्षमता अभिवृद्धि गर्ने सकारात्मक कार्यमा भविष्यमा पनि यहाँहरु समक्ष उपस्थित हुने वाचा गर्दछौ । कार्यक्रममा कांग्रेसका युवा नेता सरोज केसी, लायन्स कलब अफ काठमाडौ प्यारामाउण्ट, काठमाडौ भ्याली वेष्ट, काठमाडौ कामनाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । ट्रष्टले एकदशक भन्दा लामो समय देखि जिल्लाका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित