नुवाकोट । २८ माघ
नुवाकोटमा सोमवार भएको सडक दुर्घटनाका मृतकका आफन्तले बेत्रावती पुलबाट सवारी साधन आवागमन बन्द गर्न आव्हान गरेका छन् । लिखु गाउँपालिका वडा नं. ५ अमिलेबोटमा भएको दुर्घटनामा मृत्यु भएका पुरुषोत्तम लामिछानेका आफन्तले माईक्रो ब्यवसायीले घटनाको जिम्मेवारी नलिएको भन्दै दवाव दिन यातायात बन्द आव्हान गरेका हुन् ।
दुर्घटनामा रसुवा उत्तरगया गाउँपालिका वडा नं. ५ बस्ने वर्ष २५ का वर्ष ३८ का पुरूषोत्तम लामिछानेको मृत्यु भएको हो । चिरायु अस्पतालमा उपचार गर्ने अवस्थामा मृत्यु भएको अवस्थामा टिमुरे यातायात समितिका अध्यक्षले जिम्मेवारी नलिइ आलटाल गर्दा शव हस्पिटलको बेडमा नै छाडेर हिड्नु परेको जनाउँदै मृतकका आफन्त बासुदेव लामिछानेले जानकारी दिनुभयो । उनीहरुले मृत्यु भएकाको परिवारलाई उचित क्षतिपूर्ति दिलाउन, घाइतेको उपचार सुनिश्चित गराउन, यातायात समितिलाई जवाफदेहि बनाउन, समितिहरुविच समन्वय गराउन रसुवा र नुवाकोट जिल्ला प्रशासन कार्यालय समक्ष माग राखेका छन् ।
Discussion about this post