नुवाकोट । १ चैत्र ।
नुवाकोटको बेलकोटगढी ११ स्थित पञ्चकन्या माध्यामिक विद्यालयको ब्यवस्थापन समितिका पदाधिकारीको पदवहाली भएको छ । शुक्रवार विद्यालयमा आयोजित एक कार्यक्रमकाबिच समितिको पद वहाली भएको हो ।
विद्यालयले यसवर्षको एसईई परीक्षामा सहभागी विद्यार्थीका लागिे शुभकामना तथा नवनिर्वाचित पदाधिकारीको पदवहाली सम्पन्न गरेको हो । पदवहाली कार्यक्रममा समितिका निर्वतमान अध्यक्ष गोपी पाण्डेले वर्तमान अध्यक्ष मानन्धरलाई निर्णय पुस्तिका हस्तान्तरण गर्नुभएको छ । पद वहालीसँगै आयोजित विद्यार्थीको शुभकामना तथा फेरी भेटौंला कार्यक्रममा बेलकोटगढी ११ का वडाध्यक्ष प्रकाशजंग पाण्डे, विद्यालयका प्रधानाध्यापक ठाकुरजंग पाण्डे, ब्यवस्थापन समितिका निवर्तमान अध्यक्ष गोपी पाण्डे, अध्यक्ष रविन्द्र पाण्डे लगायतले विद्यार्थीलाई सफलताको शुभकामना दिनुभएको छ ।
यसअघि, बेलकोटगढी नगर पालिकाको नगर शिक्षा समितिको बैठकबाट विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा रबिन्द्र मानन्धरलाई चयन गरेको हो । विद्यालयको व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ गठनको लागि केहि अघि आयोजित अभिभावक भेलाले रबिन्द्र मानन्धर, निरमाया तामाङ , सुजन नेपाली र राधेश्याम पाण्डेलाई विद्यालय व्यवस्थापन समितिमा चयन गरेको थियो । यस्तै, शिक्षक अभिभावक संघमा ऋषि कुमार पाण्डेको संयोजकत्वमा सोनाम तामाङ, प्रताप तामाङ, सुप्रिया तामाङ, रिता सुनार, राजेश नेपाल, सुकुमाया तामाङ, दन्डराज पनेरु र सुरेश तामाङ सदस्यमा सर्वसम्मत रुपमा छनोट भएका थिए ।
Discussion about this post