वित्तिय साक्षरताका लागि प्रभातफेरी

0
SHARES
45
VIEWS

नुवाकोट । ८ चैत्र ।
नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूको सहभागितामा देशभर ग्लोबल मनी विक २०२५ मनाइँदैछ । “Think Before You Follow, Wise Money Tomorrow” भन्ने नाराका साथ यो अभियान मार्च १७ देखि २३, २०२५ सम्म सञ्चालन भइरहेको छ ।
यसैक्रममा, नुवाकोट जिल्लामा पनि वित्तीय साक्षरतासम्बन्धी जनचेतना अभियान अन्तर्गत शुक्रवार विहान प्रभातफेरी तथा विभिन्न कार्यक्रमहरू सम्पन्न भएका छन् । जिल्लामा रहेका वाणिज्य बैंक, विकास बैंक

र वित्तिय संस्थामा कार्यरत कर्मचारीहरुको सहभागितामा बट्टार वजारबाट प्रभातफेरी गरिएको हो । कार्यक्रमको मुख्य उद्देश्य सर्वसाधारणलाई वित्तीय ज्ञान प्रदान गर्दै सुरक्षित, दिगो र योजनाबद्ध वित्तीय व्यवस्थापनबारे जागरुक बनाउनु रहेको छ । वित्तीय प्रणाली, डिजिटल बैंकिङ, कर्जाका सही उपयोग, बचतको महत्व तथा वित्तीय ठगीबाट कसरी जोगिने भन्ने विषयमा सचेतना फैलाउन नुवाकोटका विभिन्न स्थानमा बैंकका कर्मचारी, विद्यार्थी तथा स्थानीय नागरिकहरूको सहभागितामा कार्यक्रमहरू सम्पन्न भएका छन् ।
नेपालभर सञ्चालन भइरहेको यस अभियानले वित्तीय पहुँच र जानकारी अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । नेपाल राष्ट्र बैंकको पहलमा हरेक वर्ष मनाइने ग्लोबल मनी विक ले वित्तीय अनुशासन र समावेशीकरणलाई प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित