नुवाकोट । ६ चैत्र ।
नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर १ छापडाँडाँमा वसले किचेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तारकेश्वर गाउँपालिका वडा नम्बर १ की ३६ वर्षिय मञ्जुमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
बुधवार दिउँसो ५ बजेतिर काठमाण्डौबाट लर्केपतर्फ जाँदै गरेको नमस्ते पासाङल्हामु यातायात प्रालिको बा २ ख ६८०४ नम्बरको वसले उनलाई उनलाई किचेको स्थानियले बताएका छन् । बसबाट ओर्लेर वसका सहचालकmाई पैसा तिररहेका श्रीमानलाई कुरीरहेकी उनलाई त्यही बसको पाङ्ग्राले किचेको बताइएको छ । वसले किचेपछि उनको खुट्टादेखि ढाडसम्म गम्भीर चोट लागेको थियो । शरिरको विभिन्न भागमा गम्भीर चोट लागेको उनको बाटोमै मृत्यस भएको थियो ।
प्रहरीले वसका चालक मित्रवहादुर तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ । स्थानीयले बस चालक र सहचालकको लापर्वाहीले दुर्घटना भएको भन्दै उचित क्षतिपुर्तीको माग गरेका छन् ।
Discussion about this post