डडेलो जोखिम न्युनिकरणका लागि अग्नि रेखा

0
SHARES
20
VIEWS

नुवाकोट । ९ चैत्र ।
नुवाकोटको विदुर २ मा रहेको बनदेवि सामुदायिक वन उपभोक्ता समूहले सम्भावित आगलागी दुर्घटना न्युनिकरणका लागि वन क्षेत्रमा अग्नि नियन्त्रण रेखा निर्माण गरेको छ । वन समुहको बार्षिक कार्ययोजना बमोजिम अग्नि नियन्त्रण रेखा तथा सरसफाई कार्यक्रम अन्तर्गत तारीखेत शिवालय मन्दिर देखि हुलाक टोल सम्म अग्नी नियन्त्रण रेखा तथा सरसफाई कार्यक्रम आयोजना गरिएको अध्यक्ष जीवन डंगोलले वताए ।
कार्यक्रममा विदुर नगरपालिकाका वडाध्यक्ष दिपक कायस्थ, सशस्त्र प्रहरी बल १९ नं गुल्म, बिदुर सिटी युथ क्लब, वनदेवी युवा क्लब, स्थानिय उपभोक्ता, लगायतको सक्रिय सहभागिता रहेको थियो । यस वन क्षेत्रमा प्रत्येक वर्ष आगलागिका घटना हुँदै आएकोमा अग्नि नियन्त्रण रेखा वनाईएपछि घटना न्युनिकरण हुने अपेक्षा गरिएको वडाध्यक्ष दिपक कायस्थले वताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित