रसुवामा तीन जनाको मृत्यु

0
SHARES
16
VIEWS

रसुवा — रसुवाको दुई स्थानमा तीन जनाको निधन भएको छ । नौकुण्ड गाउँपालिका(५ र कालिका गाउँपालिका(५ को सिमाना पाहाखोलामा दुई बालिकाको शव फेला परेको र कालिका(१ ग्राङ गाउँमा भर्‍याङले थिची एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
नौकुण्ड(५ सिस्नेरीका लालबहादुर मुक्तानको छोरीद्वय १३ वर्षकी सर्गम मुक्तान र १० वर्षकी सविना मुक्तान खोलामा मृतावस्थामा मंगलबार फेला परेको र ग्राङका वर्ष ४३ की चिर्की तामाङ निर्माणाधीन बौद्ध गुम्बाको भर्‍याङ भत्किँदा घाइते भई उपचारको क्रममा जिल्ला अस्पताल धुञ्चे लाँदैगर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीले बताए ।

शव परीक्षणका लागि दुई बालिकाको त्रिशूली अस्पताल पठाइएको छ । तीनै जनाको मृत्युका सम्बन्धमा प्रहरीद्वारा अनुसन्धान जारी राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित