नुवाकोट/६ असार
युवा व्यवसायी दिपेन्द्र ओलीले बेलकोटगढी १० मा रहेको निरञ्जना माध्यामिक विद्यालयका विद्यार्थीलाई पोशाक वितरण गर्नुभएको छ । विहिवार विद्यालयमा आयोजित एक कार्यक्रमका बिच ओलीले व्यक्तिगत खर्चमा विद्यालयमा अध्ययनरत एक सय जना विद्यार्थीलाई पोशाक वितरण गर्नुभएको हो ।
बेल्कोटगढी वडा नम्बर १० निवासी ओली हाल बट्टार वजारमा व्यवसाय गर्दै आउनुभएको छ । पोशाक वितरण कार्यक्रममा बेलकोटगढी वडा नं १० का अध्यक्ष प्रल्हादप्रसाद थपलियाले व्यक्तिगत रुपमा ओलीले गर्नुभएको सहयोगको प्रशंशा गर्नुभयो । विद्यालयका प्रधानाध्यापक नगेन्द्र पनेरुले स्थानीय समाजसेवीहरुबाट प्राप्त सहयोग विद्यालयको शैक्षिक गतिविधी सुधारमा थप टेवा पुग्ने बताउनुभयो । पोशाक वितरण कार्यक्रममा जनप्रतिनिधी, शिक्षक, विद्यार्थी लगायत स्थानीयको सहभागीता रहेको थियो ।

























Discussion about this post