नुवाकोट, ७ असार । नुवाकोटको बेलकोटगढी २ कुमरीका ज्ञानेन्द्र न्यौपाने वुधवार विहानदेखि सम्पर्क विहिन हुनुभएको छ । क्यान्सर रोगबाट पिडित न्यौंपाने रक्त परिक्षण (ब्लड टेस्ट) गर्न भनी घरबाट निस्कनुभएकोमा त्यसपछि सम्पर्क विहिन हुनुभएको हो ।
ज्ञानेन्द्रकी छोरी निशाका अनुसार उहाँ बुधवार विहान कुमारी चौकीबाट काठमाडौं जाने बस चढेर निस्कनुभएको हो । त्यहाँबाट पृथ्वी राजमार्गको ठूलो खोलामा ओर्लनु भएका न्यौपाने
मिनिट्रक चढेर धार्के तर्फ लाग्नुभएको सिसिटीभी फुटेजमा पाईएको परिवारले जनाएको छ । मोवाईल सम्पर्क गर्दा स्विच अफ रहेको न्यौपानेले मोवाईल घरमै छोडेर गएको पाएको छ ।
‘हाम्रो बुवाको मानसिक स्वास्थ्यमा पनि केही समयदेखि असर परेको अनुभव हामीले गर्दै आएका थियौं’ छोरी निशाले फेसबुक मार्फत लेख्नुभएको छ–‘अहिले हामी बुवा घर फर्कने बाटो हेरिरहेका छौं, हाम्रो घर उहाँ बिना शून्य भएको छ, बुवा, तपाईं जहाँ हुनुहुन्छ, कृपया फर्किएर आउनुहोस् ।























Discussion about this post