नुवाकोट/११ असार
नुवाकोटको दुप्चेश्वर गाउँपालिकाका एक युवा एक सातादेखि खोलामा डुबेर बेपत्ता भएका छन् । गाउँपालिकाले बेपत्ता युवाको खोजीमा सहयोग गर्न आग्रह गर्दै भेटिएमा नगद उपलब्ध गराउने जनाएको छ ।
दुप्चेश्वर वडा नं ७ कुतुङ निवासि वर्ष २६ का नोनो शेर्पा मिति असार ३ गते तादी खोलामा नुहाउने क्रममा खोलाले बगाई बेपत्ता भएका हुन् । स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतबाट निरन्तर खोजि कार्य जारी रहपनि नभेटिएपछि पालिकाले सूचना जारी गरेको हो । सूचनामा भनिएको छ –फेला परेको पहिलो सूचना दिनुहुने माहानुभावलाई गाउँपालिकाको तर्फवाट रु २५००० (अक्षरुपी पच्चिस हजार) रकम उपलब्ध गराईने व्यहोरा सम्वन्धीत सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।






















Discussion about this post