नुवाकोट/१८ असार ।नुवाकोटमा पहिलो पटक निजी विद्यालयले प्लस टु सञ्चालन गर्ने भएको छ । जिल्लाको विदुर ४ बट्टारमा रहेको अर्किड एकेडेमीले यसै शैक्षिकसत्रबाट प्लसटु सञ्चालन गर्न लागेको हो । अर्किडले यसै शैक्षिक सत्रबाट ब्यवस्थापन समुह अन्तर्गत होटल ब्यवस्थापन र कम्प्युटर बिज्ञानका कक्षाहरु संचालन गर्न लागेको प्रिन्सिपल रामहरी रिमालले जानकारी दिनुभयो ।
विद्यालयले आयोजना गरेको पत्रकार भेटघाटमा दिईएको जानकारी अनुसार विद्यार्थी निजी विद्यालयको खोजीमा राजधानी जाने क्रम बढेकोले त्यसलाई लक्षित गरेर प्लस टु सञ्चालन गर्न लागिएको हो । बिद्यालयले ब्यवस्थापन समुह अन्तर्गत पर्ने बिषयमा कक्षा ११ संचालन गर्न बिदुर नगरपालिकाबाट अनुमति लिई आगामी साउन महिना देखि कक्षा संचालन गर्ने तयारी पुरा भईसकेको जनाएको छ । ‘कम्प्युटर कक्षाका लागि बिद्यालयमा ईन्टरनेट सुबिधासहितको ‘आईसिटी ल्याव’को व्यवस्था गरिएको छ’ प्रिन्सिपल रिमालले भन्नुभयो – ‘होटल ब्यवस्थापनतर्फ तत्कालका लागि जिल्लाका ठूला होटलहरुसंग सहकार्य गरी प्रयोगात्मक कक्षाहरु संचालन गरिने छ । ’ बिहानी सत्रमा संचालन हुने कक्षा ११ मा अध्ययन गर्ने बिद्यार्थीहरुको सुबिधाका लागि देबिघाट र त्रिशूली कोलोनीबाट यातायातको सुबिधा रहने छ । विद्यालयले एसईईमा ३ दशमलव ८ र सो भन्दा माथिल्लो जिपिए प्राप्त गर्ने बिद्यार्थीहरुलाई पूर्ण छात्रबृत्ती उपलब्ध गराउने समेत प्रिन्सिपल रिमालले जानकारी दिनुभयो । एसईई पछिको शिक्षाका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्यका लागि संचालन गरिने थप शैक्षिक कार्यक्रमले जिल्लाका धेरै अभिभावक र बिद्यार्थीहरु लाभान्वित हुने विद्यालयको अपेक्षा रहेको छ ।
अर्किड एकेडेमी नुवाकोटमा नतिजा र ब्यवस्थापनका दृष्टिले अब्बल संस्थागत बिद्यालय मानिन्छ । यसवर्षको एसईई परीक्षामा ४ जिपिए ल्याउन सफल नुवाकोटका ४ जना बिद्यार्थीहरु मध्ये एक रोहित श्रेष्ठ अर्किडकै बिद्यार्थी हुन् । यसअघिक वर्षमा पनि अर्किडले विद्यालय तहको एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउँदै आएको थियो ।





















Discussion about this post