पृथ्वीमाविले कक्षा ११ मा विज्ञान पढाउने

0
SHARES
341
VIEWS

नुवाकोट/१८ असार । एसइईपछि स्तरीय शिक्षाको खोजीमा राजधानी जानुपर्ने नुवाकोटका विद्यार्थीहरुको वाध्यता हट्ने भएको छ । जिल्लाकै उत्कृष्ट विद्यालय पृथ्वी माविले यसै शैक्षिकसत्रबाट विज्ञान समुह अन्तर्गतका विभिन्न विषयहरु अध्यापन गराउने भएपछि ‘साईन्स’ पढ्नकै लागि काठमाण्डौ जानुपर्ने वाध्यता अन्त्य हुने भएको हो । जिल्लाको विदुर नगरपालिका वडा नं २ विदुरमा रहेको सामुदायिक विद्यालय पृथ्वी माध्यमिक विद्यालयले यस वर्षदेखि कक्षा ११ सञ्चालन गर्न लागेको प्रधानाध्यापक बाबुराम लामिछानेले जानकारी दिनुभयो । विद्यालयले अनिवार्य नेपाली, अंग्रेजी, गणितका अतिरिक्त फिजिक्स, केमेष्ट्रि र बायोलोजी अध्यापन गराउने भएको हो । यसका लागि आवस्यक भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापन गरिसकिएको प्रधानाध्यापक लामिछानेले जानकारी दिनुभयो ।
विगतका वर्षहरुमा जस्तै यस वर्षको एसइईमा समेत जिल्लामा उत्कृष्ट नतिजा ल्याउने सफल भएको यस विद्यालयले कक्षा ११ सञ्चालन गर्ने तयारी गरेसँगै अभिभावक तथा स्थानीयहरुले खुशी व्यक्त गरेका छन् । पृथ्वीबाट यो वर्ष ९१ जना विद्यार्थीले परीक्षा दिएकामा ९० जना ग्रेडेड भएका छन् । जिल्लामा ४ ग्रेड ल्याउने चारजनामध्ये योगेश्वर आचार्य यसै विद्यालयका विद्यार्थी हुन् । गत वर्षपनि एक जना विद्यार्थीले ४ ग्रेड ल्याएका थिए । शिक्षा विकास तथा समन्वय इकाइले प्रकाशन गरेको विवरण अनुसार यस वर्ष उत्कृष्ट नजिता ल्याउने २० जना मध्ये ८ जना पृथ्वी माविकै विद्यार्थी छन् ।
विज्ञान विषयका लागि चाहिने आवश्यक भौतिक संरचनासहितका प्राविधिक विषयहरु तयारी अवस्थामा रहेको भन्दै प्रअ लामिछानेले जिल्लामा विज्ञान पढ्न चाहानेहरुका लागि सहज हुने पनि बताउनुभयो । यसअघि, त्रिशूलीमाविले विज्ञान विषय अध्यापन गराउँदै आएको भएपनि अन्य विषयमा रहेको विद्यार्थी चापसँगै विज्ञान पढ्नैका लागि राजधानी रोज्ने विद्यार्थी विद्यालयमा तान्न सकेको थिएन । पछिल्लो समय उत्कृष्ट स्थानमा रहँदै आएको पृथ्वी माविले कक्षा ११ सञ्चालन गर्ने भएपछि विज्ञान पढ्न वाहिरिने विद्यार्थी जिल्लामा नै रोकिने अपेक्षा गरिएको छ ।
यसैविच, विद्यालयले एसइईमा ग्रेडेड विद्यार्थीहरुलाई सोमबार एक कार्यक्रमका विच सम्मान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित