आशिकाको उमेदवारी फिर्ता भएको हो ?

0
SHARES
13
VIEWS

धादिङ क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी आशिका तामाङले उम्मेदवारी फिर्ता नलिएको बताएकी छन् ।

उनको उम्मेदवारी फिर्ताबारे सामाजिक सञ्जालमा हल्ला भइरहेको समयमा  उनले उम्मेदवारी फिर्ता नलिएको प्रस्ट पारिन् । ‘मैले फिर्ता लिएको छैन । म चुनाव लड्न पाउनेरनपाउनेबारे निर्वाचन आयोगमा छलफलमा भइरहेको बेलामा मेरो नामबाट फेक इमेल आयोगमा पठाइएको रहेछ । म यसबारे आयोगमै बुझ्न जाँदै छु,’ उनले भनिन्, ‘कसले यस्तो गरेको हो । म उजुरी गर्छु ।’

जर्मन नागरिकसँग विवाह गरेकी आशिकासँग विदेशी परिचयपत्र छ भन्ने आरोप उनले खेपेकी थिइन् । ‘विदेशी परिचयपत्र छैन । मेरो यतैको पासपोर्ट र यतैको नागरिकता छ,’ उनले भनिन् ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले धादिङ १ बाट उम्मेदवारी दिएकामध्ये ईश्वर भारतीबाहेक कसैले पनि फिर्ता नलिएको बताए । ‘अहिलेसम्म यो क्षेत्रबाट फिर्ता लिनेको सूचीमा भारतीबाहेक अरु देखिएका छैनन्,’ उनले भने । उनका अनुसार शुक्रबार दिउँसोसम्म देशभरबाट ४९ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित