नुवाकोट । गोर्खा २ बाट उम्मेदवारी फिर्ता लिएका बाबुराम भट्टराईले अहिले नै कसैलाई सघाउने प्रतिबद्धता जनाइनसकेको प्रस्ट पारेका छन् ।
उम्मेदवारी फिर्तापछि अहिले नै कसैलाई सहयोग गर्ने प्रतिबद्धता भने नगरेको उनले बताए । तर, विचारसहितको प्रगतिशील लोकतन्त्रमा प्रतिबद्ध व्यक्ति र शक्तिलाई सघाउँछु आफू तयार रहेको उनको भनाइ छ । प्रगतिशील लोकतान्त्रिक पार्टीले पहिलेदेखि नै अभिभावक स्वीकार्नुभएको छ । नयाँ वैकल्पिक शक्तिले पनि मलाई अभिभावकै रुपमा हेर्नु भएको छ, उनले भने ।
यसअघि काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा झापा ५ का उम्मेदवार बालेन्द्र शाहलाई भेटेको प्रसंगमा भट्टराईले ठोस कुरा आएछ भने सल्लाह सुझावका लागि आफू खुला नै रहेको प्रतिक्रिया दिए ।
भट्टराईले गोरखा २ मा प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपा बाट उम्मेदवारी दिएका थिए। यसअघि आजै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि उनलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको थियो । गोरखा २ मा कांग्रेसबाट प्रकाशचन्द्र दवाडी, नेकपाबाट लेखनाथ न्यौपाने, रास्वपाबाट पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी, एमालेका मिलन गुरुङ मिलन चक्रे लगायत प्रतिस्पर्धामा छन् ।

























Discussion about this post