नुवाकोट /विदुर वडा नम्बर ४ प्रथम विदुर मेयर कप वडास्तरीय टि-२० क्रिकेट प्रतियोगिताको फाईनल प्रवेश गरेको छ । आज भएको खेलमा वडा नम्बर ७ लाई तीन विकेटले पराजित गर्दै वडा नम्बर ४ फाइनलमा पुगेको हो ।
यसअघि, विहिबार विहान भएको पहिलो खेलमा विदुर वडा नम्बर २ लाई ४२ रनले पराजित गर्दै वडा नम्बर ४ सेमिफाईनल प्रवेश गर्ने तेस्रो टोली बनेको हो । टस हारेर पहिले ब्याटिङ गरेको वडा नम्बर ४ ले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १३९ रन बनायो । विदुर ४ लाई जित दिलाउन संजित तिवारीले अर्धशतकिय पारी खेले । उनले ३६ वलमा ५ छक्का र ४ चौकासहित ५८ रन बनाएका हुन ।





















Discussion about this post