क्षेत्रपाल माविको स्वर्ण महोत्सव

0
SHARES
0
VIEWS

नुवाकोट, चैत्र १६ । नुवाकोटको लिखु ४ चौघडामा रहेको क्षेत्रपाल माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाएको छ । माध्यामिक तह सञ्चालनको ५० वर्ष पूरा भएको अवसरमा विद्यालयले स्वर्ण महोत्सव मनाएको हो । 

स्वर्ण महोत्सवको उद्घाटन गर्दै गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले आधुनिक र वैज्ञानिक शिक्षा प्रणालीले मात्र समुन्नत नेपाल निर्माणको सपना साकार गर्ने वताउनुभयो । डा. यादवले विद्यालयको समग्र विकासका लागि स्थानीय समुदायको सक्रियता महत्वपूर्ण रहने बताउनुभयो । कार्यक्रममा विद्यालयले प्रकाशन गरेको स्वर्ण जयन्ती स्मारिका बिमोचन समेत गरिएको छ । पूर्व राष्ट्रपति डा. यादवले विद्यालयमा विभिन्न समयमा सहयोग गरेका ब्यक्तिहरुलाई सम्मान समेत गर्नुभयो । 

कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत, कांग्रेस नेता संविधानसभा सदस्य जगदिश्वर नरसिंह केसी, नेपाली कांग्रेस नुवाकोटका सभापति रमेश महत, नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्रि मैनाली लगायतले शुभकामना मन्तब्य राखेका थिए । 

विद्यालयका प्रधानाध्यापक वलराम प्याकुरेलले विद्यालयमा पूर्व प्राथमिक तहदेखि कक्षा १२ सम्म ६ सय ५० विद्यार्थी अध्ययनरत रहेको जानकारी दिनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित