श्रोतमा नै फोहोर ब्यवस्थापनका लागि प्रदेश सांसद महतको माग

0
SHARES
1
VIEWS

नुवाकोट । २१ ज्येष्ठ

नुवाकोटबाट निर्वाचित प्रदेश सांसद रमेशकुमार महतले राजधानीको फोहोर श्रोतमा नै ब्यवस्थापन गर्न माग गरेका छन् । सोमबार वागमती प्रदेशका वन तथा वातावरण मन्त्री केशवप्रसाद पोखरेलसँग भेटघाट गर्दै महतले फोहोर ब्यवस्थापनका लागि प्रदेशको बजेटमा आवस्यक ब्यवस्था गर्न माग गरेका हुन् । 

हाल राजधानीको फोहोर नुवाकोटको ओखरपौवा सिसडोल क्षेत्रमा विसर्जन हुँदै आएको छ । ‘फोहोरका कारण नुवाकोटको ककनी गाउँपालिका र धादिंगको धुनिवेसी नगरपालिकाका वासिन्दाहरुले समस्या भोगिरहेका छन्, उपत्यकाको १८ भन्दा बढ़ी पालीकहरुले ऊक्त स्थानमा अव्यवस्थित फोहर फाल्दा जनजीवन नै प्रभावित छ,’ महतले भने– बागमति प्रदेश सरकारले आर्थिक बर्ष २०८१÷८२ को बजेट देखि  “zero waste management”  कार्यक्रम ऊपत्यकका स्थानिय तह संग सहकार्य गर्ने साझेदारी कार्यक्रम संचालन गरौ फोहरलाई श्रोतमानै व्यवस्थापन गरौ भन्ने कुरामा छलफल भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित