लायन्सको आयोजनामा निःशुल्क दन्त शिविर

0
SHARES
7
VIEWS

नुवाकोट, २८ फागुन । 

लायन्स कलब अफ नुवाकोट त्रिशुलीले निशुल्क दन्त शिविर शुरु गरेको छ । आईतवारबाट शुरु भएको शिविरमा पहिलो दिन एक सयजना भन्दा बढि दाँतका विरामीले सेवा लिएका छन् । 

लायन्स सेवा केन्द्र बिदुर ९, बाघटार कोलोनीमा सम्पन्न शिविरमा ५० भन्दा माथिको जाँच, ३८ जनाको दात झिकिएको १२ जनाको दाँत सफा गरिएको, १५ वटा दात भरिएको आयोजक संस्थाले जनाएको छ । शिविर फाल्गुन २७ देखि बैशाख ७ गते सम्म संचालन हुने जनाईएको छ । शिबिरमा नेपाली तथा बिदेशी डाक्टरको सहभागीता दाँत निकल्ने, दाँत सफा गर्ने, दाँत रङको सिमेन्ट भर्ने लगायत सेवा निशुल्क हुनेछ । 

शिविर फाल्गुन २८ र २९ गते– किस्पांङ गा.बि.स, वार्ड ५, मनकामना, प्राथमिक स्वास्थ केन्द्रमा, फाल्गुन ३० गते– किस्पांङ गा.बि.स, वार्ड २, फिकुरी प्राथमिक स्वास्थ केन्द्रमा, चैत्र १ र २ गते– किस्पांङ गा.बि.स, वार्ड ३, काहुले प्राथमिक स्वास्थ केन्द्रमा, चैत्र ३ र ४ गते– किस्पांङ गा.बि.स, वार्ड १, भाल्चे प्राथमिक स्वास्थ केन्द्रमा, चैत्र ५ गते– किस्पांङ गा.बि.स, वार्ड ४, साल्मे प्राथमिक स्वास्थ केन्द्रमा र चैत्र ६ र ७ गते– लायन्स सेवा केन्द्र, बिदुर ९, बाघटार कोलोनीमा सञ्चालन हुने जनाईएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित