नेपालमा कोरोनाको नयाँ ‘सबभेरियन्ट’, वागमतीमा १० जना संक्रमित

0
SHARES
0
VIEWS

काठमाडौं, पुस २३ गते । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन डट वान पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले जिन सिक्वेन्सिङ गर्दा नेपालमा पहिलोपटक कोरोनाको नयाँ भेरियन्ट जेएन डट वान पुष्टि भएको जानकारी दिनुभयो ।  

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १६ वटा एन्टिजेन पोजेटिभ नमुनाको जिन सिक्वेन्सिङ गर्दा नेपालमा सातवटा नमुनामा कोरोनाको नयाँ भेरिएन्ट जेएन डट वान पुष्टि भएको हो । कोभिडको नयाँ सब भेरियन्ट ‘जेएन डट वान’ पछिल्लो एक महिनायता विश्वभर तीव्र रूपमा फैलिरहेको छ । डा।प्रकाश बुढाथोकीले कोरोना सङ्क्रमण फैलन नदिन भिडभाडमा मास्कको प्रयोग, भौतिक दूरी कायम राख्नुका साथै हातको सरसफाइमा समेत विशेषतः ध्यान दिन आग्रह गर्नुभएको छ। मन्त्रालयले नयाँ सब भेरिएन्टको बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै नेपाल प्रवेश बिन्दुमा सम्पूर्ण हेल्थ डेक्सहरु, स्वास्थ्य कार्यालयहरूमार्फत आवश्यक स्क्रीनिङ र निगरानी निरन्तर गर्नुका साथै स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य उपचार व्यवस्थापनको तयारी अवस्थामा रहन अनुरोध गरेको छ । कोरोना भाइरसको सङ्क्रमण विगतमा शून्य जस्तै रहेको अवस्थामा बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा १० जना नयाँ कोरोनाका सङ्क्रमित थपिएका छन्। नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन डट वान पुष्टि भएको सार्वजनिक गर्दै बागमती प्रदेशमा नयाँ १० जनामा  कोरोना सङ्क्रमण भएको पाइएको छ।

२४ घण्टामा वाममतीमा १० जना संक्रमित

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले मङ्गलबार यस प्रदेशमा पछिल्लो २४ घण्टामा १० जना कोरोना सङ्क्रमित फेला परेको जनाएको छ। सोमबार साँझको मन्त्रालयद्वारा कोरोनासम्बन्धी विवरणमा बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा सङ्क्रमण शून्य रहेको थियो। पछिल्लो २४ घण्टामा नेपालभरमा १५ जना कोरोना सङ्क्रमित थपिएको तथ्याङ्क छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा बागमती प्रदेशमा २१ जनाको स्वाव परीक्षण गर्दा १० जनामा कोभिड १९ भेटिएको हो। यस्तै बागमती प्रदेशमा हालसम्म ४४ लाख नौ हजार ११० जनाको स्वब परीक्षण गरिएकोमा मङ्गलबारसम्ममा पाँच लाख ९३ हजार ६३३ जनामा कोरोना सङ्क्रमण भएको छ। 

कोरोनाका कारण यस प्रदेशमा कोरोना सङ्क्रमण सुरु भएयता हालसम्ममा पाँच हजार ३७५ जनाको मृत्यु भइसकेको छ। साथै यस प्रदेशमा कोरोना विरुद्धको खोप लगाइएको सङ्ख्या एक करोड ४४ लाख ४१ हजार ४८१ रहेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १६ वटा एन्टिजेन पोजेटिभ नमुनाको जिन सिक्वेन्सिङ गर्दा नेपालमा सातवटा नमुनामा कोरोनाको नयाँ भेरिएन्ट जेएन डट वान पुष्टि भएको जनाइएको छ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित