तादीका नागरिकलाई निशुल्क रगत

0
SHARES
0
VIEWS

१८ मंसिर, नुवाकोट । 

तादी गाउँपालिकाका नागरिकलाई निशुल्क रक्त सेवा उपलब्ध हुने भएको छ । नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखा  र  तादी गाउँपालिका  बिच निशुल्क रक्त सेवा सम्बन्धी सम्झौता भएसँगै तादीका नागरिकलाई निशुल्क रक्त सेवा उपलब्ध हुने भएको हो । 

आकस्मिक वा जुनसुकै रोगको उपचारमा रगतको अभाव भई कुनै पनि ब्यक्तीले अकालमा मृत्युवरण गर्नु नपरोस भन्ने उद्देश्यका साथ निशुल्क रक्त सेवा शुरु गरिएको गाउँपालिका अध्यक्ष सन्तमान तामाङले वताए । आज भएको सम्झौता अनुसार सम्बन्धित पालिकावासिलाई अस्पतालमा उपचार गराउँदा चाहिने रगत र रक्ततत्व  नुवाकोट रक्त सन्चार सेवा केन्द्र र  नेरेसो भक्तपुर रक्त सन्चार  केन्द्रबाट यस  आर्थिक वर्षभरी  निशुल्क  उपलब्ध गराउने प्रबन्ध मिलाईएको नुवाकोट रेडक्रसका अध्यक्ष हरि श्रेष्ठले रेडियो सञ्जिवनीलाई जानकारी दिए । यस सेवाका लागि  सम्बन्धित पालिकावासी भएको प्रमाण खुल्ने  नागरिकता वा वसाईसराई वा घरजग्गा कर तिरेको कागजात लिई  रक्तसन्चार  केन्द्र  नुवाकोट र भक्तपुरमा सम्पर्क गरेपछि केन्द्र ले  निशुल्क रुपमा रगत तथा रक्ततत्व उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । यस सेवा बाट अधिकतम लाभ लिन सम्पुर्ण तादी गाउँपालिका बासी र सरोकारवाला सबैलाई नुवाकोट रेडक्रस र तादी गाउँपालिकाले अनुरोध गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित