शैक्षिक विकास कोषको अध्यक्षमा लामिछाने

0
SHARES
0
VIEWS

नुवाकोट, १५ मंसिर । 

शैक्षिक विकास कोष नुवाकोटको अध्यक्षमा विदुर ४ को पृथ्वी माविका प्रधानाध्यापक बाबुराम लामिछाने चयन भएका छन् । शनिवार सम्पन्न माध्यामिक विद्यालयहरुका प्रधानाध्यापकहरुको भेलाबाट लामिछानेको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । 

समितिको उपाध्यक्षमा वासुदेव पनेरु, सचिव राजेन्द्र प्रसाद दवाडी, कोषाध्यक्ष सावित्री अर्याल, वुद्धि प्रसाद पुडासैनी चयन भएका छन् । यस्तै, सदस्यहरुमा हरि प्रसाद लामिछाने, शशी प्रसाद थपलिया, कृष्ण कुमार श्रेष्ठ, सुरेन्द्रराज भट्ट, राजाराम अधिकारी, राजन पाठक, समुन्द्र श्रेष्ठ, जयराम लामिछाने, आईसिङ तामाङ र केसर अधिकारी चयन भएका छन् । 

जिल्ला शैक्षिक कोषका अध्यक्ष होमनाथ नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिमा नुवाकोट शिक्षा विकास तथा समन्वय ईकाइका प्रमुख तुलबहादुर महतले जिल्लाको शैक्षिक क्षेत्रको विकासका लागि कोषले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताए । कार्यक्रममा २०७८÷०८९ को एसइई परिक्षामा सामुदायिक विद्यालयवाट जिल्ला टप हुने छात्र ÷छात्राहरुलाई नगद सहित सम्मान गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित