नुवाकोट क्याम्पसको नयाँ भवन शिलान्यास

0
SHARES
0
VIEWS

नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा नयाँ भवन शिलान्यास गरिएको छ । शनिवार आयोजित एक कार्यक्रमका बिच वागमती प्रदेशका आर्थिक मामिलातथा योजना मन्त्री बहादुर सिंह लामाले भवन शिलान्यास गरेका हुन् । 

विश्वविद्यालय अनुदान आयोगको भौतिक विकास अनुदान अन्तरगत प्राप्त अनुदानबाट भवन निर्माण हुन लागेको हो । भवन निर्माणका लागि करिव १ करोड ३४ लाख रुपैयाँ लागत अनुमान गरिएकोमा निर्माण कम्पनीले ९४ लाख ३४ हजार रुपैयाँमा निर्माण सम्पन्न गर्ने ठेक्का कबुल गरी भवन निर्माण कार्य शुरु भएको हो । 

भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लामाले क्याम्पसलाई प्रादेशिक विश्वविद्यालय बनाउन आवस्यक पहल थालिने प्रतिबद्धता ब्यक्त गरेका छन् । कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष श्रीराम श्रेष्ठले विश्वविद्यालय अनुदान आयोगवाट क्याम्पस गुणस्तरीय सुनिश्चितता प्रत्यायन (क्यू ए ए) प्रमाणिकरण सम्पन्न हुने अन्तिम चरणमा रहेको जानकारी दिए । क्याम्पस प्रमुख नारायणमान डंगोलले ब्यवस्थापन र शिक्षा संकायमा स्नाकोत्तर तहसम्म अध्यापन भईरहेको यस क्याम्पसमा १ हजार ५ सय विद्यार्थी अध्ययनरत रहेको जानकारी दिए । कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति राजु थापा, क्याम्पस सभा सदस्य विन्दा अर्याल लगायतले क्याम्पसको शैक्षिक गुणस्तर बृद्धीका लागि थप पहल गर्न आग्रह गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित