नुवाकोट विदुर ३ की ९१ वर्षिया बृद्धा मंगलवार विहानदेखि बेपत्ता छिन् । देविघाटस्थित जाल्पा मन्दिरको पुजाआजा गर्न गएकी बृद्धालाई त्रिशूली खोलाले बगाएको अनुमान गरिएको छ ।
मन्दिरबाट खोलातर्फ जाने भर्याङ्मा उहाँको लौरो, चप्पल र थैली भेटिएको छ । मंगलवार विहान तादी खोला पारी मलाम आएका केहि व्यक्तिका अनुसार त्यही समयमा एक बृद्धालाई खोलाले बगाएको देखिएको बताईएको छ ।
खोलाले बगाएको आशंकामा स्थानीय वासिन्दा र प्रहरीको प्रयासमा खोजी कार्य जारी रहेपनि फेला नपरेको परिवारका सदस्य बलराम अधिकारीले जानकारी दिए ।
Discussion about this post