आफ्नैको धेरै आलोचना गर्नु कांग्रेसको समस्या हो : अर्थमन्त्री महत

0
SHARES
0
VIEWS

काठमाडौँ — 

नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री प्रकाशशरण महतले आफ्नैको धेरै आलोचना गर्नु कांग्रेसभित्रको समस्या रहेको बताएका छन् । उनले पार्टी एउटा विस्तारित परिवारका रूपमा रहेको भन्दै ठूलो परिवारमा समस्या उत्पन्न हुने र त्यस्तो विवादको समाधान गरेरै विस्तारै अघि बढ्नुपर्ने बताए । 

शुक्रबार नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर १ को क्षेत्रीय सम्मेलनमा अर्थमन्त्री महतले कांग्रेस अहिले संघर्षको राजनीतिमा नरहेको भन्दै सत्तामा सबैले जिम्मेवारी नपाउने र जिम्मेवारी नपाएपछि असन्तुष्ट हुने कुरा स्वभाविक भएको बताए । अहिले हामी संघर्षको राजनीतिमा छैनौं, सत्ता राजनीतिमा छौं । संघर्ष राजनीतिमा एउटै लक्ष्य दिने मात्र हुन्छ, सत्ताको राजनीतिमा दिन र लिने दुवै हुन्छ । मैले पनि जिम्मेवारी पाउनुपर्छ भन्ने राजनीतिमा आज हामी छौं । संख्या ठूलो भएपछि सबैले जिम्मेवारी पाउने कुरा सम्भव हुदैन, उनले भने, अरुको भन्दा हामी आफैंभित्रको आलोचना बढी गछौं, यो कांग्रेसभित्रको समस्या हो । उनले विपक्षीबारे भने पार्टीले धेरै नबोल्ने बताए । हामी विपक्षीबारे खासै बोल्दैनौं, आफ्नै साथीभाइ र पार्टीका बारेमा ज्यादा बोल्छौँ, अर्थतन्त्र सुधारका विषयमा सरकारले काम नगरको भन्दै पार्टीका नेताहरुले आफ्नै आलोचना गरिरहेकोप्रति लक्षित गर्दै मन्त्री महतले भने, ुहामी ठूलो संख्यामा छौं, व्यक्तिगत स्वतन्त्रतामा विश्वास गछौं । जसले गर्दा सबै कुरा अभिव्यक्त गर्नुपर्ने ठाउँमा पनि हुन्छ, नगर्नुपर्ने ठाउँमा पनि हुन्छ । उनले अहिले कांग्रेसलाई एक ढिक्का भएर अघि बढाउनुपर्ने बेला रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित