पाँच दिनभित्र शिक्षक सरुवा कार्यान्वयन गर्न निर्देशन

0
SHARES
0
VIEWS

तारकेश्वर ।

उच्च अदालत, पाटनले अन्तरिम आदेश खारेज गरेसँगै तारकेश्वर गाउँपालिकाले विद्यालयहरूलाई ५ दिनभित्र शिक्षक सरुवा कार्यान्वयन गरिसक्न निर्देशन दिएको छ । आज गाउँपालिकाले ३४ वटा विद्यालयका प्रधानाध्यापकहरूलाई पत्र काटी १६ असोजसम्ममा सरुवा कार्यान्वयन गरी नयाँ तथ्याङ्क अनुसार तलब सुविधाको माग फाराम भर्न निर्देशन दिएको हो ।

यसअघि, गाउँपालिका अध्यक्ष शिव अधिकारीले कडाइका साथ सरुवा कार्यान्वयन गराउन शिक्षा शाखालाई निर्देशन दिनुभएको थियो ।शिक्षकहरूको तलब, चाडपर्व खर्च लगायत सेवा सुविधाको रकम सरुवा कार्यान्वयन गरिसकेपछि मात्रै निकासा हुने जानकारी दिँदै गाउँपालिका अध्यक्ष शिव अधिकारीले निर्धारित समयभित्र सबै शिक्षकको सरुवा कार्यान्वयन भइसक्ने विश्वास व्यक्त गर्नुभएको छ । गाउँको शैक्षिक गुणस्तर उकास्ने अभियान अन्तर्गत एक वर्षको अध्ययन र अनुगमनपछि गाउँपालिकाले शिक्षकहरूलाई चलायमान बनाउन कम्तीमा पाँच वर्षमा एकपटक सबै शिक्षकको सरुवा गर्नुपर्ने निष्कर्ष सहित परीक्षणका रूपमा एक तिहाइ शिक्षकको काज सरुवा गरेको थियो ।

सरुवाप्रति असन्तुष्टि जनाउँदै केही शिक्षक संघ-संगठनको अगुवाइमा उच्च अदालत पाटनमा दायर भएको रिटमा यसअघि दिइएको अन्तरिम आदेश उच्चले हिजो खारेज गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित