३० वर्षअघि नुवाकोटमा भएको त्यो ठूलो हवाई दुर्घटना

0
SHARES
0
VIEWS

नुवाकोट, ५ माघ ।

थाई एरवेजको दुर्घटनामा मृत्यु भएका यात्रुको स्मृतीमा
नुवाकोटको ककनीमा निर्माण भएको स्मारक । 

नुवाकोटको हालको दुप्चेश्वर गाउँपालिका र तत्कालिन घ्याङफेदी गाविसको घोप्टेभिरमा ३० वर्ष अघि ठूलो दुर्घटना भएको थियो । नुवाकोटको पुर्वि भेगमा रहेको लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने पहाडमा ठोकिएर विमान दुर्घटना भएको थियो । 

२०४९ साल साउन १६ गते शुक्रवार तद्अनुसार ३१ ज्ुलाई १९९२ मा भएको त्यस दुर्घटनामा १ सय १३ जनाको मृत्यु भएको थियो । त्यस समय थाई एरवेजको एच–एस टिआईडी कल साईनको ३११ मोडलको विमान दुर्घटनामा परेको हो । त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि सुरक्षित अवतरणको प्रयास गर्दागर्दै विमान घोप्टेभिरमा दुर्घटनामा परेको हो । विमान काठमाडौंबाट ३७ किलोमिटर उत्तरमा ११,५०० फिटको उचाइमा र ३०० नटिकल माइलको जमिनको गतिमा पहाडको छेउमा दुर्घटनाग्रस्त भएको थियो । जसमा सबै ९९ यात्रु र १४ चालक दलका सदस्यको मृत्यु भएको थियो । थाई एयरवेजको अन्तर्राष्ट्रिय उडान ३११ थाइल्याण्डको डोन मुआङ अन्तर्राष्ट्रिय विमानस्थलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं तर्फ आउँदै थियो । 

थाई एयरवेजको फ्लाइट ३११ आईएफआर (इन्स्ट्रुमेन्ट फ्लाइट नियम) मा थियो र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे ०२ तर्फ जाँदै थियो । त्यसबेला चालक दलले खराबीको सामना गर्यो जसले गर्दा चालक दललाई लामो रनवे भएको नजिकैको एयरपोर्ट (कलकत्ता एयरपोर्ट) तिर विमान मोड्न बाध्य भयो । फेरि काठमाण्डौं एयरपोर्टमा अवतरण गर्न खोज्दा बिमान नुवाकोटको पुर्वि डाँडामा आएर दुर्घटना भएको हो । त्यस दुर्घटनामा केहि नेपाली र अधिकांश विदेशी यात्रुको मृत्यु भएको थियो । हामीले नागरिक उड्ड्यन प्राधिकरण र उड््डयन सम्बन्धित विभिन्न निकायमा खोजी गर्दा त्यस दुर्घटनाको कारण, मृतकको नामावली भने फेला पार्न सकेनौं । दुर्घटनाका मृतकको स्मृतीमा जिल्लाको पर्यटकीय स्थल ककनीमा स्मारक बनाईएको छ । ककनीको स्मारकमा सन् १९९२ मा थाई एयरलाईन्सको दुर्घटनामा दिवंगत हुनुभएका यात्रुहरुको स्मृतीमा थाई एयरवेजले पार्क निर्माण गरेको उल्लेख छ । 

त्यसको दुई महिनापछि  १९९२ सेप्टेम्बर २८ मा त्यसबेला सम्मको अर्को ठूलो दुर्घटना ललितपुरमा भयो । पाकिस्तान एयरलाइन्सको एपी–बीसीपी कलसाइनको एयरबस ३१० मोडलको विमान ललितपुरको भट्टेडाँडामा दुर्घटना हुँदा विमानमा सवार १ सय ५७ जनाकै मृत्यु भयो । त्रिभुवन विमानस्थलमा ल्यान्ड गर्न खोज्दै गर्दा विमान दुर्घटनामा परेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित