वाढीले तादी खोलाका आधा दर्जन पुलमा क्षती

0
SHARES
0
VIEWS

नुवाकोट । २५ साउन । 

गए रातिको अविरल बर्षाको कारण नुवाकोटको तादीखोलामा  आएको बाढीले आधा दर्जन पुलमा क्षती पुगेको छ । तादीखोलामा बाढी आउँदा खोलामाथि निर्माण भएका अधिकांश पुलमा क्षती पुगेको हो । पुलमा क्षतीहुँदा जिल्लाको पूर्वि भेगका विभिन्न स्थानमा यातायात समेत अवरुद्ध भएको छ । 

वाढीले  जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नं ३ राउतवेशि , तादि गाउँपालिका वडा नं ४ सातविसे, पञ्चकन्या गाउँपालिका वडा नं ४ थप्रेक जोड्ने पक्किपुलमा क्षती पु¥याएको हो । यस्तै, पञ्चकन्या गाउँपालिका वडा नं २ को आप्र र तादि गाउँपालिका नवा नं ५ वाहुनवेशि जोड्ने पक्कि पुल,  पञ्चकन्या गाउँपालिका वडा नं १ को सिमारा फाट र लिखु गाउँ पालिका वडा नं ३ को सुर्यमति र वडा नं १ को ढिकुरे बजार जोड्ने पक्कि पुलमा क्षती पुगेको हो ।

 ढिकुरे वजारमा रहेको पुलमा क्षती पुग्दा नुवाकोटबाट काठामाण्डौं जाने सवैभन्दा छोटो मार्ग ढिकुरे–छहरे–टोखा सडक खण्डमा यातायात अवरुद्ध भएको छ । तादी खोलामा करिव ३ दशक यताकै सवैभन्दा ठूलो बाढी आएकोले पुलहरुमा क्षती पुगेको स्थानीयले बताएका छन् । बाढीबाट मानवीय क्षती भएको छैन । तादी खोलाको वगर आसपासमा रहेका धानखेतहरुमा भने वाढीले क्षती पु¥याएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित