नुवाकोट । २५ साउन ।
गएरातीको ठूलो वर्षाका कारण रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं ५ स्थित पासाङल्हामु सडक खण्ड भासिएको छ । बेत्रावति– कालिकास्थान पक्की सडकखण्डको बनुवा भन्ने स्थानबाट खसेको पहिरोको कारण सडक पुर्णरुपमा अवरुद्ध भएको हो ।
पहिरोले तल रहेको बेत्रावति –मैलुङ सडक समेत पुर्णरुपमा अवरोध भएको छ । पहिरोले पासाङल्हामु मार्गको त्रिशूली–धुन्चे सडकखण्ड अवरुद्ध भएको हो । सडक सुचारुको लागि आवश्यक पहल भईरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले पहिरोका कारण सडक पूर्ण क्षति भएको र मानवीय क्षति नभएको बताए । उनले पहिरोका कारण दुवै सडक पूर्ण अवरुद्ध भएको र मानवीय क्षति भने नभएको बताए ।
बनुवामा पहिरो गएका कारण बिहानैदेखि सवारी साधन सञ्चालन हुन नसकेको उनले बताए । ’अहिले हामी घटनास्थल जाँदै छौं’, उनले भने, त्यहाँ गएपछि थप विवरण आउँछ ।’ सडक बन्द भएका कारण सदरमुकाम धुन्चे, रसुवागढी नाका, गोसाइँकुण्ड, लाङटाङलगायतका स्थानमा जानका लागि समस्या सिर्जना भएको छ । पहिरो खुलाउनका लागि आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post